श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
सल्यानः आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का पक्राउ परेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे।
घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियाे। लगत्तै जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक ३, २०७८ बुधबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।