विराटनगर विमानस्थल जलमग्न, बुद्ध र यती एयरले गरे उडान रद्द
माेरङः केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थल पसेपछि हाल विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार केसलीया खोलाको बाढीले रनवे र पार्किङ क्षेत्र भरिएको कारण विमानस्थल बन्द गरिएकाे हाे।
विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवनसहित क्वाटरमा पानी जमेको छ।
विमानस्थल बन्द भएसँगै एयरलाइन्सहरूले उडान रद्द गरेका छन्। विमानस्थल तत्काल सञ्चालन हुन सक्ने अवस्था नभएपछि बुद्ध एयर र यती एयरले एक सूचना जारी गर्दै आज काठमाडाैंबाट विराटनगरका लागि तय भएकाे सबै उडान रद्द गरिएकाे जानकारी दिएका छन्।
केसलीया र सिंघीया खोलामा आएको बाढीले विराटनगरका हाेचा स्थान डुबानमा परेका छन्।
कात्तिक ३, २०७८ बुधबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।