हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
आज बिहान नजिकैकाे सामुदायिक वनबाट नौ/दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।
“डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो”, घटनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, “अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।”
कात्तिक ३, २०७८ बुधबार ०८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।