माैसम अपडेट: आज पनि छैन सुधार

माैसम अपडेट: आज पनि छैन सुधार

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेकाे कारण माैसममा अझै सुधार नहुने भएकाे हाे। देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा हाल माैसम पूर्ण बदली भएकाे छ भने बाँकी भू-भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ।  

प्रदेश १,  बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दई स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

बुधबार दिउँसाे प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश १ का थोरै र  प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भीषण वर्षाको समेत सम्भावना रहेको छ। यस्तै बुधबार राति पनि यही माैसम प्रणाली जारी रहने छ। 

कात्तिक ३, २०७८ बुधबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।