बाढी पीडितका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग एमालेको माग
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर अवरुद्ध यातायातलगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र सङ्कटमा परेका पर्यटकको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीले अप्रत्यासितरुपमा आउने यस्ता विपत्तिको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न एमालेले सरकारसँग माग गरेको छ।
ज्ञवालीले विज्ञप्ति निकालेर पहिरोका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हावाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठुलो बज्रपात भएको उल्लेख गरेका छन्।
कात्तिक २, २०७८ मंगलबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।