२३ जना हराएको बझाङ घटनाबारे गृह मौन, १९ जिल्ला प्रभावित, ६ जनाको मृत्यु
बझाङमा पहिरोबाट २३ जना बेपत्ता छन्। तर गृह योबारे मौन छ। बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता छन्। मङ्गलवार बिहान ४ बजे गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए।
गृहले सार्वजनिक गरेको विज्ञप्तिमा यसबारे केही उल्लेख छैन। गृहका अनुसार बाढी र पहिरोबाट कालिकोटमा १, डडेलधुरामा १, डोटीमा २, सुनसरीमा २ जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्। ४ वटा घर पहिरोमा परेर पूर्ण क्षति भएको गृहको विज्ञप्तिमा उल्लेख छ।
बझाङ पहिरोमा २३ जना बेपत्ता, लेदो बगिरहेकाले उद्धार हुन सकेन
गृहका अनुसार बाढी र पहिरोबाट प्रभावित पाँच सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। केही जिल्लामा सञ्चार सम्पर्क, विद्धुत सेवा र सडक अवरोध भएकाले उद्धार कार्य प्रभावित बनेको गृहले जानकारी दिएको छ।
कात्तिक २, २०७८ मंगलबार २०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।