काभ्रेको रोशी गाउँमा १६ वर्षकी बालिकामाथि बलात्कार प्रयास,गाउँलेले कुटेपछि युवक फरार
उनले असोज २८ गते घरको झ्यालबाट छिरेर बालिकाको टिसर्ट तानेर बलात्कारको प्रयास गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले जानकारी दिए।
फरार भएका युवकको खोजी भइरहेको उनले बताए। पीडित बालिकाले प्रहरी कार्यालयमा आफैँ उपस्थित भएर पीडकलाई पक्राउ गरेर कारबाही गर्न निवेदन दिएकी छन्।
प्रहरी चौकी मंगलटारले फरार भएका युवकको मोबाइल र चप्पल बालिकाको घरबाट बरामद गरेको जनाएको छ। मंगलटारका प्रहरी निरीक्षक शेखर खड्काले बालिकामाथि बलात्कारको प्रयास भएको देखिएको बताए।
‘बालिका कराएपछि स्थानीय केही युवा आएर पीडकलाई कुटपिट गरेछन्,’खड्काले उकेरासँग भने,‘भोलि छलफल गरौँला भनेर छाडेपछि पीडक भागेका रहेछन्।’
प्रहरी निरीक्षक खड्काले पीडक अधिकारीका काकासँग कुरा भइरहेको र प्रहरी कार्यालयमा उपस्थित गराउने बताए।
पीडित बालिकाका बुबाको कोभिड १९ का कारण मृत्यु भएको र परिवारमा आमा, भाइ र पीडित बालिका मात्रै बस्ने गरेको खड्काले बताए।
पीडित बालिकाले टिसर्ट तानेपछि चिच्याएको र रेवन्तले घर छोडेर आएको बढी बोल्छेस् भन्दै धम्क्याएको निवेदनमा उल्लेख गरेकी छन्।निवेदनमा सबै परिवार सुती रहेको अवस्थामा रातिको समयमा कुन उद्देश्यले झ्यालबाट छिरेर कोठामा आएका हुन्? पक्राउ गरी कारबाही गर्न माग गरिएको छ।
कात्तिक २, २०७८ मंगलबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।