छानबिन समिति गठनको सहमतिसँगै रुबीले अनसन तोडिन्
सोमबार र मङ्गलवार सरकारी टोली र अनशनरत समूहका प्रतिनिधिबिच भएको वार्तापछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गर्ने सहमति भएसँगै अनसन तोडिएको हो।
अनसनमा बसेका समूहको माग सम्बोधनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेसहितको टोली र आन्दोलनकारीका प्रतिनिधिबिच माइती नेपालको कार्यालयमा वार्ता भएको थियो।
वार्तामा अनसनरत समूहको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला सहभागी थिए। नेपाल प्रहरीका एसएसपी र आन्दोलनकारीका तर्फबाट शेर बागवान सदस्य रहने समिति गठनको सहमतिसँगै रुबी खानले जुस पिएर अनसन तोडिन्।
दुई महिलाको शङ्कास्पद मृत्युबारे अनुसन्धानको माग गर्दै उनीहरू बाँकेबाट ५ सय २० किलोमिटरको पैदल यात्रा गरेर काठमाडौँ आएका थिए। उनीहरू माइतीघर मण्डलामा धर्नामा बस्दै आएका थिए।
कात्तिक २, २०७८ मंगलबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।