बाढीबाट बच्न पाँच जनाले रुखमा चढेर जाेगाए ज्यान, उद्धारका सशस्त्रकाे टोली परिचालन

बाढीबाट बच्न पाँच जनाले रुखमा चढेर जाेगाए ज्यान, उद्धारका सशस्त्रकाे टोली परिचालन

स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन्। बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ। बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ।

यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ। क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यालयमा सरेको छ।

रासस

कात्तिक २, २०७८ मंगलबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।