आज माेहम्मद जयन्ती, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

आज माेहम्मद जयन्ती, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद जयन्तीकाे अवसरमा शुभकामना व्यक्त गरेका छन्। पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले शुभकामना व्यक्त गरेका हुन्।

“महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी हर्षोल्लासपूर्वक यो दिवस मनाउनु हुन म सबैमा अनुरोध गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्तीका अवसरमा आज सरकारले मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक विदा पनि दिएकाे छ। 

कात्तिक २, २०७८ मंगलबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।