देशैभर वर्षाकाे सम्भावना, उच्च पहाडी र हिमाली भेगमा हिमपात

देशैभर वर्षाकाे सम्भावना, उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडाैंः नेपालका अधिकांश भूभागमा आज माैसम बदली हुने भएकाे छ। हाल बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणालीहरू उत्तरतिर सर्दै गरेको कारण नेपालमा प्रभाव पर्ने भएकाे हाे।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षा समेत भएको छ।

मङ्गलबार दिउँसाे देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थानहरू र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भीषण वर्षाको समेत सम्भावना रहेको छ।

मङ्गलबार राति पनि यही माैसम प्रणाली रहने छ। 

कात्तिक २, २०७८ मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।