बाढीले जयपृथ्वी राजमार्ग अवरुद्ध

बाढीले जयपृथ्वी राजमार्ग अवरुद्ध
सांकेतिक तस्बिर

बझाङः आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

कात्तिक १, २०७८ सोमबार २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।