प्रधानमन्त्री देउवाको पहिलो विदेश यात्रा बेलायतबाट
काठमाडौँ : प्रधानमन्त्री भएपछि शेरबहादुर देउवा पहिलो पटक बेलायत जाने भएका छन्। उनी बेलायतमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन कात्तिकको दोस्रो साता बेलायत जाने भएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुँदैछ। देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको प्रधानमन्त्रीको रूपमा बेलायत उनको पहिलो भ्रमण हुनेछ।
कात्तिक १, २०७८ सोमबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।