आफन्तले गरे सुर्खेत–दैलेख सडक अवरुद्ध
उचित क्षतिपूर्ति र चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै सोमबार दिउँसो दैलेख सडक खण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा आफन्तहरूले सडक अवरुद्ध गरेका हुन्।
दुर्घटनापछि चालक लुकाइएको र साहुलाई गाडी चलाउन दिएकाले उनलाई पनि पक्राउ गर्नुपर्ने माग उनीहरूको छ।
दुवै जनालाई पक्राउ नगर्दासम्म आन्दोलन जारी राख्ने आफन्तले चेतावनी दिएका छन्। सडक अवरुद्ध हुँदा सुर्खेतबाट दैलेख जाने सवारीसाधन ठप्प भएका छन्।
गत असोज ३१ गते दैलेखको वेस्तडाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०१६६ नम्बरको मिनिबस लादेमा दुर्घटना भएको थियो। दुर्घटनामा नारायण नगरपालिका–११ का सुशील रावत र भगवतीमाई गाउँपालिका–१ की ३४ वर्षीय शान्ता थापा आचार्यको मृत्यु भएको थियो
कात्तिक १, २०७८ सोमबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।