पूर्व सांसद सरिता गिरीले गठन गरिन मधेस विकास फोरम 

पूर्व सांसद सरिता गिरीले गठन गरिन मधेस विकास फोरम 

फोरमको संयोजकमा गिरी आफै छिन भने उपसंयोजकमा लहान नगरपालिकाका स्थानीय राम प्रसाद महतो रहेका छन्। स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताका लागि फोरम गठन भएको गिरीले जानकारी दिइन्। 

पहिलो चरणमा फोरमको विस्तार लहान नगरपालिकाको २४ वटा वार्ड र सिराहा जिल्लामा गरिने गिरीले विज्ञप्ति निकालेर जानकारी दिएकी हुन्।

कात्तिक १, २०७८ सोमबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।