माओवादीले मन्त्रीहरूको कामको मूल्याङ्कन गर्न संयन्त्र बनाउने
स्थायी कमिटीको आज बसेको बैठकले सरकारमा पार्टीबाट गएका मन्त्रीको काममा सहयोग गर्न र उनीहरूको कामको मूल्याङ्कन गर्न संयन्त्र बनाउने निर्णय गरेको सदस्य गणेश शाहले जानकारी दिए।
‘सरकारमा गएकाहरूले पार्टी नीति अनुसार काम गरेका छन् छैनन् भनेर मूल्याङ्कन समेत गर्ने गरी पार्टी भित्र नै एउटा संयन्त्र बनाउने निर्णय भएको छ,’शाहले उकेरासँग भने,‘नाम चाही के रहन्छ अहिले टुङ्गो छैन।’
उनका अनुसार बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल भएको छ। बैठक भोलि बिहान ८ बजे फेरि बस्ने शाहले जानकारी दिए।
कात्तिक १, २०७८ सोमबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।