भासु भिरमा पहिरो : भिमदत्त राजमार्ग अवरुद्ध
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण भासु भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
पहिरोले सडक अवरुद्ध भएपछि यात्रु र दर्जनौँ सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।
स्काभेटर लगेर अवरुद्ध सडक खोल्ने तयारी भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
कात्तिक १, २०७८ सोमबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।