मौसम खराबीले उडान रोकिदाँ गृहमन्त्री विमानस्थलमै

मौसम खराबीले उडान रोकिदाँ गृहमन्त्री विमानस्थलमै

आज बिहान ९ बजेर ४५ मिनेटमा भैरहवा पुग्ने गृहमन्त्री खाँण मौसमका कारण उडान डिले भएपछि काठमाडौँमै रोकिएका छन्। उनी विमानस्थलमा उडान पर्खेर बसेका छन्।

मौसममा सुधार आएर उडान भए रुपन्देही जाने नै तयारी सहित मन्त्री खाँण विमानस्थलमै बसेका उनको निजी सचिवालयले जनाएको छ। 

वर्षासँगै मौसममा खराबी भएपछि भैरहवा विमानस्थलबाट आजका लागि तय भएको १९ वटा उडान अन्योलमा परेको छ।

कांग्रेस नेता स्व. प्रेम नारायण खरेलको शोक सभामा सहभागी हुन रुपन्देही जान लागेका मन्त्री खाँण उडान नभएपछि काठमाडौँमै रोकिएका हुन्।

कात्तिक १, २०७८ सोमबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।