जङ्गी अड्डामा पुगेर रक्षामन्त्रीले जनाए प्रतिबद्धता
तस्बिर नेपाली सेना
जङ्गी अड्डाको निरीक्षणका क्रममा मन्त्री रिजालले सेनाको प्राथमिकता कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि हर सम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
(2).jpg)
प्रधान सेनापति प्रभुराम शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए।
असोज ३१, २०७८ आइतबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।