माेटरसाइकल दुर्घटनामा परी दुई जनाकाे मृत्यु

माेटरसाइकल दुर्घटनामा परी दुई जनाकाे मृत्यु

तीन जना सवार माेटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ। से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएकाे हाे।

दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो। उनीहरू दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार गरिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै मोटरसाइकलमा सवार तेश्रा व्यक्ति टीकापुरकै १९ वर्षीय आशिष मगरको भने उपचार भइरहेको छ।

असोज ३१, २०७८ आइतबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।