आजको मौसम : पश्चिमी वायुको प्रभावले सबै प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभावले सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ :  मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको  छ।

आइतबार बिहान सार्वजनिक मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले प्रदेश-१,  प्रदेश-२ र बागमती प्रदेशमा सामान्य बदली तथा गण्डकी, सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिए प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा मौसम बदलीरहेको महाशाखाले जनाएको हो। महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

असोज ३१, २०७८ आइतबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।