अनसनमा बसेकी खानलाई सास फेर्न गाह्रो भयो, अस्पताल भर्ना
काठमाडौँ : बाँकेकी नन्कुनी धोबी र निर्मला कुर्मीको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै आमरण अनसनमा बसेकी रुबी खानको स्वास्थ्य जटिल बन्दै गएपछि शनिवार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
असोज १ देखि २० खानको नेतृत्वमा १६ जनाको टोलीले न्यायको माग गर्दै नेपालगन्जबाट काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो।
असोज २२ गतेबाट काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको बेला प्रहरीले रुबीलाई नियन्त्रणमा लिएर बहुविवाहको मुद्दामा नेपालगन्ज पठाएको थियो। अदालतको आदेशमा रिहा भएपछि उनी पुन धर्नामा बसेकी थिइन्।
अनसनमै रहँदा उनलाई सास फेर्न असहज भएपछि अस्पताल भर्ना गरिएको हो। उनको टोलीका सदस्य धर्नामै छन्। तर सरकारले उनीहरूको माग सम्बोधनमा चासो लिएको छैन।
असोज ३०, २०७८ शनिबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।