एप्पलले चीनबाट हटायाे 'कुरान एप'
एजेन्सीः स्मार्टफोन निर्माता एप्पलले चीनबाट 'कुरान एप' हटाएकाे छ। चिनियाँ अधिकारीहरूकाे अनुराेधलाई स्वीकार्दै एप्पलले एप स्टाेरबाट कुरान एप हटाएकाे हाे।
गैरकानूनी धार्मिक लेख रहेकाे भन्दै कुरान एपलाई चीनबाट हटाउन लगाइएकाे हाे। चीन सरकारले यसबारेमा प्रतिक्रिया दिएकाे छैन।
एप्पलकाे एप स्टाेरलाई विश्वव्यापी रूपमा नियमन गर्ने एप्पल सेन्सरसिपले पहिलाे पटक चीनबाट एप हटाइएकाे फेला पारेकाे थियाे।
यता एप निर्माता पीडीएमएस कम्पनीले भने प्रतिक्रिया जनाएकाे छ। कम्पनीले भनेकाे छ, 'एप्पलका अनुसार हाम्राे एप कुरान मजिद चीनबाट हटाइएकाे छ।' कम्पनीका अनुसार एपमा विभिन्न कन्टेन्ट रहेका छन् जसलाई पुनः प्रकाशन गर्न थप दस्ताबेजकाे आवश्यकता रहन्छ।
असोज ३०, २०७८ शनिबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।