माैसम अपडेट: प्रदेश १, २ र बागमतीमा मेघ गर्जनसहित वर्षाकाे सम्भावना

माैसम अपडेट: प्रदेश १, २ र बागमतीमा मेघ गर्जनसहित वर्षाकाे सम्भावना

काठमाडाैंः नेपालकाे माैसम प्रणालीमा बदली हुने भएकाे छ। भारतकाे आन्द्र प्रदेश र ओडिसाकाे तटीय क्षेत्र आसपासमा रहेकाे न्यून चापीय प्रणाली र विकसित हुँदै गरेकाे पश्चिमी वायु प्रणालीकाे संयुक्त प्रभावका कारण माैसमा बदली हुने भएकाे हाे।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

यस्तै शनिबार दिउँसाे देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति पनि यही माैसम प्रणाली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

असोज ३०, २०७८ शनिबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।