बेलायतमा चक्कु हानेर संसद्को हत्या

बेलायतमा चक्कु हानेर संसद्को हत्या

एजेन्सी : बेलायतमा  चक्कु प्रहार गरेर सांसदको हत्या भएको छ। आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद डेविड एमेसमाथि चक्कु आक्रमण भएको हो।

ली अन सी स्थित चर्चमा आफ्ना मतदातासँग कुरा गरिरहेको बेला ६९ वर्षका उनीमाथि चक्कु आक्रमण भएको थियो। हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ।

यो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले यसलाई आतङ्कवादी आक्रमण भएको बताएको छ। प्रारम्भमा घटनामा मुस्लिम अतिवादीको संलग्नताको आशङ्का गरिएको थियो।

शुक्रवार भएको घटनापछि प्रधानमन्त्री बोरिस जोन्सनले आफू दुःखमा रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री प्रीति पटेलले प्रहरीलाई सबै सांसदहरूको सुरक्षा व्यवस्थाबारे तत्काल मूल्याङ्कन गर्न आदेश दिएकी छन् ।

डेविड सन् १९८३ देखि सांसद रहँदै आएका थिए।

असोज ३०, २०७८ शनिबार ०६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।