रुबीको पक्राउमा बदनियत देखिएको भन्दै सर्वोच्चले दियो रिहाइको आदेश

रुबीको पक्राउमा बदनियत देखिएको भन्दै सर्वोच्चले दियो रिहाइको आदेश

महिला हिंसा विरुद्ध २० दिन पैदल हिँडेर काठमाडौँ आएकी खानविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काममा बदनियत देखिएको समेत अदालतले ठहर गरेको छ।

आफ्नो टोलीसँगै माइतीघरमा धर्नामा बसेको बेलामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनी विरुद्ध अदालतको पक्राउ पुर्जी देखाएर नेपालगन्ज पुर्याइएको थियो।

रुवीको पक्राउ विरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा बिहीबार आदेश दिँदै सर्वोच्चले यी बन्दीलाई थुनाबाट छाड्नुपर्ने मनासिब कारण नदेखिएकाले अदालतको सह रजिस्टारको रोहवमा आजै थुनाबाट छाडि बन्दीको कानुन व्यवसायीलाई बुझाउन आदेश दिएको छ।

आदेशमा विपक्षीको काम पूर्वाग्रही देखिएको र खानविरुद्ध कुनै कारबाही चलेको या चलाउनुपर्ने मनासिब कारण नदेखिएकाले पुन पक्राउ गर्ने या खानको वैयक्तिक स्वतन्त्रतामा आघात पर्ने कुनै काम नगर्न उल्लेख गरिएको छ।

असोज २८, २०७८ बिहीबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।