पिनातपने दुर्घटनाको छानबिन गर्न समिति
बस दुर्घटनाको कारण पहिल्याएर १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबलदार हरि लामिछाने सदस्य छन्।
मङ्गलवार नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको बस मङ्गलवार जुम्ला–मुगु सडक खण्डको पिनातपनेमा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १३ जना घाइते भएका थिए।
असोज २८, २०७८ बिहीबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।