जापानका प्रधानमन्त्रीले गरे संसद् विघटन 

जापानका प्रधानमन्त्रीले गरे संसद् विघटन 

जापानी अधिकारीहरूले बिहीबार बैठक लगत्तै संसद् विघटन भएको जानकारी दिएका थिए।

प्रतिनिधि सभा विघटनपछि जापानमा अब आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुनेछ। प्रतिनिधिसभाको कार्यकाल अक्टोबर २१ सम्म बाँकी छ। त्यस लगत्तै अक्टोबर ३१ मा निर्वाचन गर्ने तयारी गरिएको हो।

सत्तारूढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका थिए।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए।

प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका थिए।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आम नागरिकको सहयोग आवश्यक रहेको बताएका छन्।

असोज २८, २०७८ बिहीबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।