हनुमानढोकामा साढे ४ बजे फूलपाती भित्र्याइने

हनुमानढोकामा साढे ४ बजे फूलपाती भित्र्याइने
फाइल तस्बिर

काठमाडौः आज नवरात्रिको सातौं दिन अर्थात फूलपाती। आश्विन शुक्ल सप्तमीका दिन घरमा फूलपाती भित्र्याउने चलन रहेको छ।

घरघरमा बेलपत्र, अशोकको फूल धानको बाला लगायतका शुभ साइतका प्रतीक भित्र्याएर फूलपाती मनाउने गरिन्छ।

आजैका दिनबाट दशैं अझ विशेष हुन्छ। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय आजकै दिनबाट बन्द गरिन्छ। यस्तै गाउँघरमा चहलपहल आजकै दिनबाट सुरु हुन्छ। 

यता वसन्तपुर दरबार क्षेत्रमा रहेको हनुमानढोकामा आज साढे ४ बजे फूलपाती भित्र्याइँदै छ। फूलपातीका लागि साइत आवश्यक नभए पनि नेपाली सेनाले फूलपाती बढाइँ गर्ने भएकाले र विभिन्न उच्च पदस्थ कर्मचारी तथा राष्ट्रपतिको समेत उपस्थिती हुने भएकाले हनुमानढोकामा फूलपाती भित्र्याउन साढे ४ बजेको समय तोकिएको हो।

असोज २६, २०७८ मंगलबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।