सरकारले फिर्ता लियो रेल्वे विधेयक, संसद् बैठक अब कार्तिक ९ गते बस्ने

सरकारले फिर्ता लियो रेल्वे विधेयक, संसद् बैठक अब कार्तिक ९ गते बस्ने
फाइल तस्बिर

काठमाडौँ : सरकारले प्रतिनिधि सभाबाट रेल्वे विधेयक फिर्ता लिएको छ। एमाले सांसदको नाराबाजीकाबीच आज बसेको प्रतिनिधि सभा बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो।

बैठकमा एमाले सांसदले कालो धन चाहिँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन, पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्नुपर्ने लगायतका नारा लगाएका थिए। भदौ २३ गतेदेखि सुरु भएको सङ्घीय संसद्का दुवै सदनको बैठकमा एमाले सांसदले नाराबाजी गर्दै आएका छन्। 

नाराबाजीकैबीच कानुन मन्त्री दिलेन्द्र बडुले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका छन्। प्रतिनिधि सभाको बैठक अब कात्तिक ९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

असोज २५, २०७८ सोमबार २१:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।