कांग्रेसलाई लथालिङ्ग बनाउन देउवाले नेतृत्व गरे : डा. कोइराला 

कांग्रेसलाई लथालिङ्ग बनाउन देउवाले नेतृत्व गरे : डा. कोइराला 

इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा अलोकतान्त्रिक  बाटोमा लागेको बताएका छन्।

सभापति देउवा पार्टी विधान र लोकतन्त्रको मर्म विपरीतका काममा लागेको कोइरालाले आरोप लगाए। 

मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेसलाई लथालिङ्ग बनाउन सभापतिले नेतृत्व गरेको बताए।

अहिले कार्यकर्ताहरू गुटबन्दीका कारण पीडित भएको बताउँदै उनले अब नेतृत्व परिवर्तन आवश्यक भइसकेको बताए। 

उनले प्रहरी प्रशासन लगाएर प्रधानमन्त्री तथा सभापतिकै जिल्लामा अधिवेशन भएको भन्दै आपत्ति जनाए। निर्वाचन अधिकृतलाई धम्की दिने देखि जिल्ला सभापतिसँग समन्वय नगरी अधिवेशन गर्ने र गुटको मान्छे नपर्ने डरले क्रियाशील सदस्यता रोक्ने काम लज्जास्पद भएको उनको भनाई छ। 

उनले सभापति देउवाको विकल्प खोज्नुपर्ने बताए। विधि र कानुन विपरीत महाधिवेशन रोक्ने काम अस्वीकार्य भएको उनको भनाई छ।

असोज २५, २०७८ सोमबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।