यात्रुसँग बढी भाडा लिने ७ जनालाई प्रहरीले नियन्त्रणमा लियो 

यात्रुसँग बढी भाडा लिने ७ जनालाई प्रहरीले नियन्त्रणमा लियो 

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने ७ जनालाई आज बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्कका भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामालाई नियन्त्रणमा लिएको भट्टराईले बताए।

भट्टराईले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरुन्तै कारबाही गर्ने बताए।

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोसाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाइरहेको जनाएको छ।

असोज २५, २०७८ सोमबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।