गैरआवासीय नेपाली सङ्घको चुनाव स्थगित 

गैरआवासीय नेपाली सङ्घको चुनाव स्थगित 

सङ्घको पदाधिकारी बैठकले अक्टोबर २० मा हुने निर्वाचन र २३ देखि २५ सम्म गर्ने भनिएको १० औ विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरेको उपाध्यक्ष रबिना थापाले जानकारी दिइन। 

परराष्ट्र मन्त्रालयले प्रतिनिधि चयन लगायतका विषयमा भएको विवाद टुङ्गो नलागेसम्म चुनावी कार्यक्रम नगर्न भनेपछि पदाधिकारी बैठकले निर्वाचन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरेको थापाले बताइन। ‘विधानमा भएको व्यवस्था अनुसार ६ महिनाभित्र चुनाव गर्ने गरी विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको छ,’थापाले उकेरासँग भनिन्,‘पदाधिकारी बैठकले गरेको यो निर्णय आइसिसीले अनुमोदन गर्न भने बाँकी छ।’ 

परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर नयाँ मिति तय गरिने उनले बताइन। एनआरएनएको अध्यक्षमा थापा, कुल आचार्य र बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्।

असोज २५, २०७८ सोमबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।