रुपन्देहीमा गोली लागेर एक जनाको मृत्यु
मृतकको नाम नखुलेको रुपन्देही प्रहरीले बताएको छ।अहिले मोतीपुर तनावग्रस्त छ। प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका थिए। झडपमा ३ प्रहरी पनि घाइते भएका छन्।
करिब २ सय बिघा जग्गा सुकुम्वासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो। २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो। केही महिना अगाडि मात्रै औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो।
असोज २४, २०७८ आइतबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।