मन्त्री बनेकाे तीन दिनमै राजीनामा दिने हमालकाे घाेषणा

मन्त्री बनेकाे तीन दिनमै राजीनामा दिने हमालकाे घाेषणा

काठमाडाैंः प्रधानन्यायाधीशकाे काेटाबाट मन्त्री बनेकाे आराेप लागेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्। तीन दिनअघि मन्त्री बनेका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने भएका हुन्।

हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान पनि हुन्। यस्तै उनी देउवाले कांग्रेस फुटाउँदा प्रजातान्त्रिक कांग्रेस बाँकेको सभापति पनि भएका थिए।  

उनले आफ्नाे राजनीतिक याेगदानलाई वेवास्ता गर्दै प्रधानन्यायाधीशसँग जाेडेर विवादित बनाउन थालेपछि स्वविवेक प्रयाेग गरेर राजीनामा बुझाएकाे बताएका छन्।

उनले प्रधानमन्त्री देउवालाई राजीनामाकाे जानकारी दिइसकेकाे र आजै देउवासमक्ष राजीनामा बुझाउने बताएका छन्।

 

असोज २४, २०७८ आइतबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।