यो वर्षको मनसुनजन्य घटनामा १३६ जनाको मृत्यु, ४५ जना बेपत्ता 

यो वर्षको मनसुनजन्य घटनामा १३६ जनाको मृत्यु, ४५ जना बेपत्ता 
फाइल तस्बिर

काठमाडौँ : यो वर्षको मनसुनजन्य घटनामा १३६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। ४५ जना बेपत्ता भएका छन्। १४४ जना घाइते भएका मन्त्रालयले जनाएको छ।

बाढी पहिरोमा परी ८४५ घर भत्केका छन् भने १६९ घरमा आंशिक क्षति पुगेको छ। मनसुनको अवधिमा सबै भन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको छ। सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ। २० जना अझै बेपत्ता छन्।

त्यस्तै भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठुलो असर गरेको छ। यो वर्ष मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ।

मनसुन भने नेपालबाट बाहिरिन थालेको छ। मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार अक्टोबर ८ मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

असोज २३, २०७८ शनिबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।