बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत दिने प्रस्ताव दर्ता
काठमाडौँ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने जानकारी प्रदेश सभा सचिवालयमा गराएकी छन्।
असोज २४ गते बस्ने बागमती प्रदेशसभा बैठकमा प्रस्तावको रूपमा लैजान शाक्यले आज पत्र पेस गरेकी हुन्।
मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ (२) बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम प्रस्ताव पेस गर्नु परेको उल्लेख गरेकी छन्।
शाक्यले नेतृत्व गरेको नेकपा एमाले विभाजन भएर उक्त दलका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
असोज २४ गते ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेस हुने वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।
असोज २२, २०७८ शुक्रबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।