पूर्वराजा ज्ञानेन्द्र : शक्ति पीठ नजाने, टिका नलगाइदिने 

पूर्वराजा ज्ञानेन्द्र : शक्ति पीठ नजाने, टिका नलगाइदिने 

कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्रले विजया दशमीको दिन टिका लगाउने कार्यक्रम नहुने उनको निजी सचिवालयले जनाएको छ। 

ज्ञानेन्द्र यो वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शनका लागि पनि नजाने सचिवालयले जनाएको छ।

सचिवालयले निकालेको विज्ञप्तिमा कोरोनाका असहजताको स्थितिमा यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शन गरी बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने लेखिएको छ।

असोज २२, २०७८ शुक्रबार १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।