सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प 

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प 

काठमाडौँ : सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको हो।

नेपालमा २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको केन्द्रले जनाएको छ।

असोज १५, २०७८ शुक्रबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।