कार्यकर्ताको स्कर्टिङमा पार्टीको विधान महाधिवेशनमा पुगे ओली  

कार्यकर्ताको स्कर्टिङमा पार्टीको विधान महाधिवेशनमा पुगे ओली  
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ।

महाधिवेशन स्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। उनलाई कार्यकर्ताले महाधिवेशन स्थल गोदावरीको सनराइज सम्मेलन केन्द्रसम्म स्कर्टिङ गरेर पुर्याएका छन्। 

१२ बजे नै सुरु हुने भनिएको एमालेको विधान महाधिवेशन अध्यक्ष ओली नै ढिलो पुगेका छन्। महाधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कलाकारहरूले गीत गाएका छन्। ओलीको सम्बोधन सुरु भएको छैन।

असोज १५, २०७८ शुक्रबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।