काठमाडौँमा प्रकाशमानको गढ भत्काउन देउवा/सिटौलाको प्यानल
काठमाडौँ : काठमाडौँ महानगर सभापतिमा प्रकाशमान सिंह विरुद्ध पार्टी सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौलाको प्यानल बनेको छ।
महानगर निर्वाचनमा सिंह आफै सक्रिय देखिएका छन्। देउवा/सिटौला समूहबाट भीमसेनदास प्रधान सक्रिय छन्।
आफै पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महानगरमा सभापतिमा नीलकाजी शाक्यलाई अगाडि बढाएका छन्।
देउवा/सिटौला समूहबाट प्रगतिमान रञ्जित महानगरको सभापतिको उम्मेदवार बनेका छन्। रञ्जितलाई महानगर सभापति बनाउन देउवा निकट नरोत्तम वैद्य, ध्यान गोविन्द रञ्जितहरू सक्रिय छन्।
उता शाक्यको पक्षमा महानगरपालिकाको मेयरका पराजित उम्मेदवार राजुराज जोशी र वर्तमान जिल्ला सभापति सबुज बानियाँ देखिएका छन्।
महानगरको परिणामले जिल्लामा समेत प्रभाव पार्ने भएकाले दुवै समूह आ-आफ्नो उम्मेदवारलाई जिताउन सक्रिय भइसकेका छन्।
सिंह काठमाडौँमा आफ्नो दबदबा कायम राख्न खटिएका छन् भने देउवा/सिटौला सिंहको पकड भत्काउने रणनीतिमा छन्।
असोज १५, २०७८ शुक्रबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।