गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा 

गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा 

काठमाडौँ : नेपालमा भारतको झारखण्ड  र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ।

असोज १५, २०७८ शुक्रबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।