बैङ्किङ कसुर मुद्दाका फरार संगत पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार संगत पक्राउ

काठमाडौँ : बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी ६७ वर्षीय नारायण भक्त संगतलाई प्रहरीले पक्राउ गरेको छ।

५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका ६ बस्ने उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले सिफलबाट पक्राउ गरेको जनाएको छ। 

संगतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैङ्कको चेक दिएर बैङ्किङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनले फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको ब्युरोले जनाएको छ।

असोज १४, २०७८ बिहीबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।