माधव नेपालको स्वास्थ्यमा सुधार
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ।
अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ। शरीरको तापक्रम, रक्तचाप लगायत अन्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोलीले अध्यक्ष नेपालको उपचार गरिरहेको छ।
असोज १४, २०७८ बिहीबार १९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।