एमालेको विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने 

एमालेको विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने 

काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। ललितपुरको गोदावरीमा आयोजना हुने महाधिवेशन तीन दिनसम्म चल्ने एमालेले जनाएको छ।

एमालेले करिब छ हजार प्रतिनिधि विधान महाधिवेशनमा सहभागी हुने जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

समितिका अनुसार महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। 

महाधिवेशनमा पार्टी निकट अनेरास्ववियु, युवा सङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २ सयको सङ्ख्यामा स्वयंसेवक खटिने समितिले जनाएको छ।

असोज १४, २०७८ बिहीबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।