सरकारले विकास आयोजनामा अस्थायी कर्मचारी भर्ना गर्ने 

सरकारले विकास आयोजनामा अस्थायी कर्मचारी भर्ना गर्ने 

काठमाडौँ : सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाका लागि अस्थायी कर्मचारी भर्ना गर्ने भएको छ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार बैठकले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठनको १२ औँ मन्त्रीस्तरिय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

त्यस्तै इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय पनि भएको छ।

असोज १४, २०७८ बिहीबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।