प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डि बेरीबीच भेटवार्ता भएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। 

भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

असोज १४, २०७८ बिहीबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।