थप १ हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप १ हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : नेपालमा थप १ हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर ११ हजार ७६५ नमुना परीक्षण गर्दा १ हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै पिसिआर परीक्षणका क्रममा सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ९५ हजार ६१ जना र एन्टीजेन परीक्षणका सङ्क्रमितको सङ्ख्या ९१ हजार ५५३ जना पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १३५ पुगेको मन्त्रालयले जनाएको छ। 

यस्तै विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये ९११ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७७ लाख ६५ हजार ७५८ पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.३ प्रतिशत रहेको छ। 

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १६८ रहेको मन्त्रालयले जनाएको छ। 

असोज १४, २०७८ बिहीबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।