मुस्कान खातुनलाई एसिड प्रहार गर्ने पक्राउ
काठमाडौँ : मुस्कान खातुनलाई एसिड प्रहार गर्ने १९ वर्षका समशाद मियाँ पक्राउ परेका छन्।
वीरगन्ज महानगरपालिका छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका ७ घर भएका मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ।
ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरूप पार्ने सम्बन्धी कसुरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बाल सुधार गृह पठाएको थियो।
२०७६ चैत ११ गते सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाइएका उनी फरार भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका इदगाहबाट पक्राउ गरेको हो।
२०७६ भदौ २० गते बिहान वीरगन्ज महानगरपालिका ४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न थिए।
असोज १४, २०७८ बिहीबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।