काठमाडौंमा सभा-जुलुस, जात्रा, महोत्सव नगर्न जिल्ला प्रशासनको आदेश

काठमाडौंमा सभा-जुलुस, जात्रा, महोत्सव नगर्न जिल्ला प्रशासनको आदेश

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सभा-जुलुस, जात्रा, भोज तथा महोत्सव नगर्न आदेश दिएको छ। प्रशासनले आजदेखि अर्को आदेश नआएसम्मका लागि यस्तो आदेश जारी गरेको हो।

बैठक, गोष्ठी, सेमिनार गर्नैपर्ने भए भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार आदेश जारी गर्दै सांकेतिक रुपमा चाडपर्व मनाउन र सीमित व्यक्ति उपस्थित हुन भनेका छन्।

सार्वजनिक यातायातको टिकट लिँदा आधिकारिक काउन्टरबाट मात्र लिन पनि प्रशासनले आग्रह गरेको छ।

असोज १४, २०७८ बिहीबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।